९ असोज २०८३ English
English

चाडपर्वमा सडक अवरोध र कालोबजारी रोक्न सचिव बैठकको निर्णय

· १ मिनेट पढाइ
चाडपर्वमा सडक अवरोध र कालोबजारी रोक्न सचिव बैठकको निर्णय
तस्बिर: क्लिकमाण्डू

सरकारी सचिवहरूको बैठकले दसैँ, तिहार र छठको समयमा सडक यातायात निरन्तर चलाउन र बजारमा कालोबजारी नियन्त्रण गर्नेलगायतका निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले चाडपर्वसँगै सक्रिय मनसुनका कारण सडक अवरुद्ध हुनसक्ने जोखिमलाई पनि ध्यानमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अत्यावश्यक सार्वजनिक सेवा नियमित राख्न सम्बन्धित निकायले जनशक्ति, स्रोतसाधन, यन्त्र र उपकरण तयारी अवस्थामा राखी कार्यतालिका बनाउनेछन्।

चाडपर्वको मौका छोपेर हुने अस्वाभाविक मूल्यवृद्धि र अनुचित व्यापार रोक्न संयुक्त बजार अनुगमन प्रभावकारी बनाइने भएको छ। बैठकले नागरिकसँग सिधै जोडिएका सार्वजनिक सेवा चुस्त राख्न र सरकारी निर्णयको कार्यान्वयनमा निगरानी बढाउन पनि निर्णय गरेको छ।

यो समाचार भिडियोमा

चाडपर्वमा सडक अवरोध र कालोबजारी रोक्न सचिव बैठकको निर्णय

स्रोत

सम्बन्धित समाचार