१४ असोज २०८३ English
English

स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी अनुदान स्वीकार गर्ने निर्णय

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी अनुदान स्वीकार गर्ने निर्णय

YouTube मा सब्स्क्राइब

सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट करिब २ करोड ७ लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यससहित ६ वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। राष्ट्र बैंकको पछिल्लो डलर खरिद दरअनुसार यो रकम झन्डै ३ अर्ब १७ करोड रुपैयाँ हुन्छ।

अनुदान रकमबाट स्वास्थ्य सेवा सुधारका कार्यक्रम सञ्चालन गरिने सरकारको निर्णय छ। बैठकले पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडकखण्ड, गर्जाङ खोला साना जलविद्युत् आयोजना र करिब ४० मेगावाट क्षमताको बलेफी खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ। सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट बनाउन पनि वन क्षेत्रको जग्गा उपयोग गर्न स्वीकृति दिइएको छ।

सङ्घीय निजामती सेवा, पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकारसँग सम्बन्धित ३ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न पनि बैठकले स्वीकृति दिएको छ। बैठकले उच्च तहका कर्मचारीको बढुवा गर्दै दुई जना सचिवको पदस्थापन पनि गरेको छ।

स्रोत

सम्बन्धित समाचार