१६ असोज २०८३ English
English

कोरला सडक अवरुद्ध, भन्सारमा १५० भन्दा बढी कन्टेनर र करिब २०० गाडी रोकिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कोरला सडक अवरुद्ध, भन्सारमा १५० भन्दा बढी कन्टेनर र करिब २०० गाडी रोकिए
तस्बिर: नागरिक

भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक ठाउँठाउँमा अवरुद्ध भएको छ। यसले गर्दा चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर मुस्ताङको कोरला नाकामा रोकिएका छन्।

लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको भन्सारमा १५० भन्दा बढी कन्टेनर रोकिएका छन्। बाढीपहिरोले सडक क्षतविक्षत बनाएपछि दसैं–तिहार लक्षित सामान बोकेका कन्टेनरसँगै करिब २०० विद्युतीय सवारी साधन (ईभी) पनि बाटोमै रोकिएका छन्।

तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाका एक मात्र वैकल्पिक मार्ग बनेको थियो। वर्षाका कारण अहिले यो नाका पनि प्रभावित भएको छ।

सडक नखुलेसम्म चाडपर्व लक्षित सामान बोकेका कन्टेनर र सवारी साधन अघि बढ्न सकेका छैनन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार