९ असोज २०८३ English
English

इन्धनको मूल्य नबढे दसैँमा गाडी भाडा नबढ्ने

· १ मिनेट पढाइ
इन्धनको मूल्य नबढे दसैँमा गाडी भाडा नबढ्ने
तस्बिर: इमेजखबर

इन्धनको मूल्य यथावत् रहे दसैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले व्यक्त गरेको छ। यातायात व्यवस्था विभागले सोमबार चाडपर्वलाई केन्द्रित गरी बोलाएको छलफलमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यस्तो बताउनुभएको छ। त्यसो भएमा चाडपर्वभर सरकारले तोकेकै भाडादर लागू रहने उहाँले स्पष्ट पार्नुभएको छ।

विश्व बजारमा इन्धनको भाउ चढे पनि चाडपर्वको समयमा सरकारले मूल्यवृद्धि गर्नु हुँदैन भन्ने अध्यक्ष सिटौलाको धारणा छ। इन्धनको मूल्य बढाइएमा भने व्यवसायीहरू भाडा बढाउन बाध्य हुने उहाँले बताउनुभएको छ। चाडपर्वमा तोकिएभन्दा बढी भाडा असुलिने समस्या रोक्न यात्रुलाई आधिकारिक काउन्टरबाट मात्र टिकट किन्न उहाँले आग्रह गर्नुभएको छ।

नेपाल आयल निगमको पछिल्लो मूल्यसूचीअनुसार हाल काठमाडौँ, पोखरा र दिपायल डिपोअन्तर्गत डिजेल प्रतिलिटर २०० रुपैयाँमा बिक्री भइरहेको छ। ती डिपोमा पेट्रोल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २०० रुपैयाँ नै कायम छ। सुर्खेत र दाङ डिपोअन्तर्गत भने यी तीनै इन्धनको मूल्य प्रतिलिटर १९९ रुपैयाँ छ।

एलपी ग्यासको मूल्य भने सबै डिपोमा प्रति सिलिन्डर २०६० रुपैयाँ कायम छ।

यो समाचार भिडियोमा

इन्धनको मूल्य नबढे दसैँमा गाडी भाडा नबढ्ने

स्रोत

सम्बन्धित समाचार