९ असोज २०८३ English
English

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई

· १ मिनेट पढाइ
एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई
तस्बिर: गोरखापत्र

आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ। नागोयाको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा जापानका ताकुमी होजोले ७५० मिटर पौडी, २० किलोमिटर साइकल यात्रा र पाँच किलोमिटर दौड ५२ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। चीनका झाङ सि रुईले रजत र काजाकिस्तानका अर्लान झानाबेले कांस्य पदक हात पारे।

होजो रजत पदक विजेता झाङभन्दा नौ सेकेन्ड अगाडि रहे भने झानाबे थप छ सेकेन्ड पछि परे। पहिलो स्वर्ण पदकले जापानी टोलीको मनोबल उच्च बनाएको ३० वर्षीय होजोले बताएका छन्। उनको जितले सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि छनोटको अवसरसमेत सुनिश्चित गरेको छ।

महिला व्यक्तिगत ट्रायथलनमा चीनकी लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा स्वर्ण जितिन्। उनकै हमवतन हुआङ आन्की दोस्रो र जापानकी मानामी हायासी तेस्रो भइन्। प्रतियोगिताको उद्घाटन भएकै दिन चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो समय निकालिन्।

उनी अर्को महिना १४ वर्ष पुग्दैछिन्।

यो समाचार भिडियोमा

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई

स्रोत

सम्बन्धित समाचार