९ असोज २०८३ English
English

एमाले कार्यदलको साझा प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय बाहिर

· १ मिनेट पढाइ
एमाले कार्यदलको साझा प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय बाहिर
तस्बिर: रातोपाटी

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत साझा प्रतिवेदन तयार पारेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको कार्यदल बैठकले उक्त दस्तावेजलाई अन्तिम रूप दिएको हो। बैठकपछि एमाले सचिव पद्मा अर्यालले नेतृत्व पुनर्गठन वा नेतृत्व परिवर्तनसँग जोडिएको विषय प्रतिवेदनमा समावेश नगरिएको बताउनुभएको छ।

पार्टीभित्र फरक–फरक प्रतिवेदन तयार भएको चर्चालाई खण्डन गर्दै ती विषयगत मस्यौदा मात्र भएको उहाँले स्पष्ट पार्नुभएको छ। कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पेस गरेको मस्यौदामा थपघट र परिमार्जन गरी साझा दस्तावेज बनाइएको अर्यालको भनाइ छ। सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने, उहाँलाई पदबाट नहटाउने र आलोचना नगर्ने सहमति जुटेको दाबी गर्नुभएको छ।

अहिले विशेष महाधिवेशन नबोलाउने र ७० वर्षे उमेर हद तथा दुई कार्यकालको विषय नियमित विधान महाधिवेशनमा छलफलको एजेन्डा बन्न सक्ने उहाँले बताउनुभएको छ। कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय समेत गरेको छ। विभिन्न समूहबाट सङ्कलित सुझावलाई प्रतिवेदनको अनुसूचीमा राखिने सहमति भएको छ।

प्रतिवेदन केन्द्रीय सचिवालय बैठकमा पेस भएपछि भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा लगिनेछ।

यो समाचार भिडियोमा

एमाले कार्यदलको साझा प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय बाहिर

स्रोत

सम्बन्धित समाचार