९ असोज २०८३ English
English

विदेशी पर्यटकलाई राहदानी बोक्नु नपर्ने व्यवस्थाको तयारी

· १ मिनेट पढाइ
विदेशी पर्यटकलाई राहदानी बोक्नु नपर्ने व्यवस्थाको तयारी
तस्बिर: क्लिकमाण्डू

नेपाल भित्रिएका विदेशी नागरिकले मुलुकभित्र यात्रा गर्दा भौतिक राहदानी बोकिरहनु नपर्ने व्यवस्था गर्न अध्यागमन विभागले तयारी थालेको छ। विदेशी पर्यटकको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै विभागले ‘पासपोर्ट फ्री ट्राभल’ को नयाँ अवधारणा कार्यान्वयनको तयारी अघि बढाएको हो। यससम्बन्धी अवधारणापत्र स्वीकृतिका लागि विभागले भदौ ३० मै तालुक निकाय गृह मन्त्रालयमा पठाइसकेको छ।

मन्त्रालयबाट स्वीकृति प्राप्त भएलगत्तै व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन सकिने गरी तयारी भएको विभागका प्रवक्ता टिकाराम ढकालले बताउनुभएको छ। यो व्यवस्था यसअघि चर्चामा आएजस्तो भिसा फ्री ट्राभल नभई नेपाल प्रवेश गरिसकेपछिको आन्तरिक यात्रासँग मात्र सम्बन्धित रहेको उहाँले स्पष्ट पार्नुभएको छ। नयाँ व्यवस्था लागू भएपछि विदेशी नागरिकलाई होटलमा बस्न, नयाँ सिमकार्ड लिन, विदेशी मुद्रा सटही गर्न र आन्तरिक उडानका लागि भौतिक राहदानी साथमा राख्नु पर्नेछैन।

यो समाचार भिडियोमा

विदेशी पर्यटकलाई राहदानी बोक्नु नपर्ने व्यवस्थाको तयारी

स्रोत

सम्बन्धित समाचार