बाढी प्रभावितलाई चिनियाँ संस्था र नाडाबाट राहत सामग्री

रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० मा आएको बाढीबाट प्रभावित समुदायका लागि चिनियाँ संस्था र नाडाले राहत सामग्री हस्तान्तरण गरेका छन्। ग्रामीण विकाससम्बन्धी चिनियाँ संस्था ‘चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका दुर्गम बस्तीमा राहत वितरण थालेको छ। फाउन्डेसनका अनुसार खाद्य तथा स्वास्थ्य सामग्रीसँगै करिब ४४९ थान सौर्यबत्ती प्रदान गरिएको छ।
स्वास्थ्य तथा पोषणको अवस्था स्थिर बनाउन आवश्यक सामग्री पुर्याउने कार्यलाई फाउन्डेसनको टोलीले तीव्रता दिएको छ। प्रभावित समुदाय सामान्य अवस्थामा फर्कने प्रक्रिया लामो हुने भएकाले तत्काल स्वास्थ्य र पोषणको आवश्यकता सम्बोधनलाई प्राथमिकता दिइएको फाउन्डेसनले जनाएको छ। पहुँच कठिन भएका बस्तीमा सामग्री छिटो पुर्याउन टोलीले समन्वय गरिरहेको उल्लेख छ।
अर्कातिर, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटलाई शनिबार राहत सामग्री हस्तान्तरण गरेको छ। नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको टोलीले सामग्री बुझाएको हो। भदौ १८ मा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १० लाख रुपैयाँ नगद सहयोग गरिसकेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


