तामझामबिनै प्रधानमन्त्रीको प्रस्थान, असोज ८ गते महासभा सम्बोधन

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजको जहाज चढेका उनको बिदाइमा यसअघिका प्रधानमन्त्रीको भ्रमणमा देखिने सैनिक सलामी, रातो कार्पेट र औपचारिक समारोह राखिएन। गृहमन्त्री सुदन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेल मात्र विमानस्थल पुगेका थिए र उनीहरूको हातमा फूलगुच्छा पनि थिएन।
राष्ट्रिय पोशाकको सट्टा कोट, पाइन्ट र स्पोर्ट्स सुजमा देखिएका शाह अन्य यात्रु जहाज चढिसकेपछि मात्र बालुवाटारबाट निस्किएका थिए। विमानस्थलको भीभीआईपी कक्ष प्रयोग नगरी उनी सिधै जहाज चढ्ने स्थानमा पुगेका थिए। सानो प्रतिनिधिमण्डल लिएर गएका शाह कतारको दोहा हुँदै न्युयोर्क पुग्नेछन् र असोज ८ गते महासभालाई सम्बोधन गर्ने तालिका छ।
परराष्ट्रमन्त्री शिशिर खनाल आइतबारै अमेरिका पुगिसकेका छन्। प्रधानमन्त्री असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ। यता प्रधानमन्त्रीले भ्रमणका एजेन्डा र भेटघाटबारे संसद्लाई जानकारी नगराएकोमा आलोचना भएको छ।
यसअघिका प्रधानमन्त्रीले विदेश भ्रमणअघि उठाउने एजेन्डाबारे संसद्लाई जानकारी दिने अभ्यास रहेको थियो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


