९ असोज २०८३ English
English

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो एआई मौसम पूर्वसूचना प्रणाली

· १ मिनेट पढाइ
चीनले नेपाललाई हस्तान्तरण गर्‍यो एआई मौसम पूर्वसूचना प्रणाली
तस्बिर: बिजमाण्डू

चीनले नेपाललाई कृत्रिम बौद्धिकता अर्थात् एआई जडित मौसमी पूर्वसूचना प्रणाली हस्तान्तरण गरेको छ। चीनको मौसम विज्ञान प्रशासन सीएमएले मंगलबार सिन्जियाङको उरुम्छीमा भएको दोस्रो चीन–मध्य एसिया मौसम विज्ञान सहयोग मञ्चका क्रममा जल तथा मौसम विज्ञान विभागलाई ‘माजु–नेपाल’ नामको प्रणाली बुझाएको हो। यो प्रणाली चीनको फेङयुन मौसम उपग्रहबाट प्राप्त अवलोकन तथ्याङ्क र फेङछिङ तथा फेङसुन नामका चिनियाँ एआई पूर्वानुमान मोडलको संयोजनबाट तयार पारिएको छ।

यसले उच्च रिजोलुसनको र छिटो अद्यावधिक हुने अनुगमन तथा पूर्वानुमान तथ्याङ्क दिने चिनियाँ पक्षले जनाएको छ। नेपालको भौगोलिक बनावट र प्राकृतिक प्रकोपको अवस्थालाई ध्यानमा राखी प्रणाली तयार पारिएको उल्लेख छ। विश्व मौसम विज्ञान केन्द्र बेइजिङका वरिष्ठ इन्जिनियर हुवा वेनलीले यो क्लाउडमा आधारित पूर्वचेतावनी प्रणाली मात्र नभई नेपाललाई समयमै निर्णय लिन सघाउने उच्च गुणस्तरको सूचना प्रणाली रहेको बताएका छन्।

सीएमएका प्रशासक छेन झेलिनले यो प्रणालीसम्बन्धी प्राविधिक तालिम दिइने बताएका छन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सीएमएले नेपाललाई मौसमसम्बन्धी प्राविधिक सहयोग दिँदै आएको छ। भदौ १३ गते सीएमएले यही प्रणाली क्लाउडमा आधारित परीक्षणका लागि नेपाललाई उपलब्ध गराएको थियो।

यो समाचार भिडियोमा

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो एआई मौसम पूर्वसूचना प्रणाली

स्रोत

सम्बन्धित समाचार