१३ असोज २०८३ English
English

एसियाली खेलकुद: धनुर्विद्याका सबै विधाबाट नेपाल बाहिरियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एसियाली खेलकुद: धनुर्विद्याका सबै विधाबाट नेपाल बाहिरियो

YouTube मा सब्स्क्राइब

२०औँ एसियाली खेलकुदमा धनुर्विद्याका सबै विधाबाट नेपाल बाहिरिएको छ। पुरुषतर्फ तिलक पुन मगर र महिलातर्फ ज्ञानु अवाले रिकर्भ एकलमा पराजित भएसँगै यस खेलमा नेपालको चुनौती सकिएको हो। जापानको ओकाजाकी चुओ सोगो पार्कको बहुउद्देश्यीय हलमा भएको पुरुष एकलमा तिलक कतारका अहमद अल-सादाहसँग ६-२ ले पराजित भएका छन्।

उक्त खेलमा तिलकले एउटा मात्र चरण जित्न सकेका छन्। महिला एकलमा ज्ञानु कतारकै रिम अल-सयदसँग ७-१ ले पराजित भएकी छन्। उनले दोस्रो चरणमा बराबरी गर्दै एक अङ्क जोडेकी थिइन्।

यसअघि रिकर्भ मिश्रित टोली विधामा पनि तिलक र ज्ञानुको जोडी बाहिरिएको थियो। उक्त विधामा नेपाली जोडी संयुक्त अरब इमिरेट्सका आयशा अलअली र खलिफा अल-काबीको जोडीसँग ६-२ ले पराजित भएको थियो।

स्रोत

सम्बन्धित समाचार