१० असोज २०८३ English
English

कांग्रेस देउवा पक्षले १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस देउवा पक्षले १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसको संस्थापन इतर पक्ष (शेरबहादुर देउवा पक्ष) ले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने भएको छ। शनिबार महाराजगञ्जको चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो।

समूहका नेता डा. महतले सहमति नजुटेपछि महाधिवेशनको तयारी आपत्कालीन अवस्था (इमर्जेन्सी मोड) मा गरिरहेको बताए। समूहले सहमतिका लागि गरिएको प्रयास सम्भव नभएको जनाएको छ।

महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले आसन्न महाधिवेशन नेतृत्व चयनको औपचारिकता मात्र नभई कांग्रेसको भविष्यको दिशा तय गर्ने परीक्षा भएको बताए। 'नेपाली कांग्रेस बलियो विचार भएको पुरानो पार्टी हो। पुरानो भन्दाखेरि फाटेको होइन, नयाँ जोशका साथ हामी जाँदैछौँ,' उनले भने।

यसैबीच, उक्त समूहले १५औँ महाधिवेशनका लागि गठन गरेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ। समूहको वडा अधिवेशनको तयारीले पनि गति लिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार