९ असोज २०८३ English
English

बाढीपीडितका लागि अस्थायी आवास: मोड्युलर घर कि भाडा, धेरैले रोजे भाडामा बस्ने विकल्प

· १ मिनेट पढाइ
बाढीपीडितका लागि अस्थायी आवास: मोड्युलर घर कि भाडा, धेरैले रोजे भाडामा बस्ने विकल्प
तस्बिर: नेपाल लाइभ

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि सरकारले अस्थायी आवासको काम प्राथमिकतामा राखेर अघि बढाएको छ। प्रभावितले कोठा भाडामा लिएर बस्ने वा अलग–अलग भाग जोडेर बनाइने मोड्युलर घरमा बस्ने विकल्प पाउनेछन्। भाडामा बस्ने विकल्प करिब ६० प्रतिशत प्रभावितले रोजेका छन्।

आफैँ कोठा खोजेर बस्ने ४ जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने निर्णय सरकारले गरिसकेको छ। परिवारमा ४ भन्दा धेरै सदस्य भए थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ थपिनेछ। अन्यत्र सुरक्षित जग्गा भएका परिवारलाई त्यहीँ मोड्युलर घर बनाइदिने तयारी भइरहेको छ।

सुरक्षित जग्गा नै नभएकाका लागि भने सरकार आफैँले जग्गा जुटाएर मोड्युलर घर उपलब्ध गराउने तयारीमा छ। यसका लागि आवश्यक विवरण सङ्कलन भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयले प्रभावित स्थानीय तहसँगको समन्वयमा यो काम तीव्र पारेका छन्।

पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा बनेको समितिमा विभिन्न विभागका ४ जना महानिर्देशक र प्रभावित सबै पालिकाका प्रमुख सदस्य छन्। पालिका प्रमुखहरूले आ–आफ्नो क्षेत्रको आवश्यकताको विवरण समितिलाई बुझाइरहेका छन्।

यो समाचार भिडियोमा

बाढीपीडितका लागि अस्थायी आवास: मोड्युलर घर कि भाडा, धेरैले रोजे भाडामा बस्ने विकल्प

स्रोत

सम्बन्धित समाचार