दलीय गतिविधिमा लागेका शिक्षकमाथि कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षकहरू दलका कार्यक्रममा सहभागी भएका सामग्री सामाजिक सञ्जालमा बाहिरिएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्यस्ता शिक्षकमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न निर्देशन दिनुभएको छ। मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको दलीय गतिविधिमाथि निगरानी राख्न पनि भन्नुभएको छ। यसैबीच बैतडीको शिक्षा विकास तथा समन्वय एकाइले जिल्लाका सबै १० स्थानीय तहलाई पत्र पठाएको छ।
पत्रमा मातहतका विद्यालयका शिक्षक दलका कार्यक्रममा सहभागी भए–नभएको गहन निगरानी गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक समाचार र सूचनाअनुसार जिल्लाका केही विद्यालयका शिक्षक विभिन्न दलका कार्यक्रममा देखिएको एकाइको भनाइ छ। सिन्धुलीको शिक्षा विकास तथा समन्वय एकाइले भने जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत केही शिक्षकमाथि कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई लेखेको छ।
एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गरेको छ। सामाजिक सञ्जालका सामग्री हेर्दा ती शिक्षक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी देखिएको भन्दै पत्रमा प्रचलित कानुनअनुसार कारबाही गर्न आग्रह गरिएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


