१८ असोज २०८३ English
English

साउदी अरबको अरामको तेल प्रशोधन केन्द्रमा हमला गरेको हुथी विद्रोहीको दाबी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
साउदी अरबको अरामको तेल प्रशोधन केन्द्रमा हमला गरेको हुथी विद्रोहीको दाबी
तस्बिर: रातोपाटी

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादनजिक रहेको सरकारी तेल कम्पनी अरामकोको तेल प्रशोधन केन्द्रमा हमला गरेको दाबी गरेका छन्। हुथीहरूले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट उक्त हमला गरेको बताएका छन्।

बीबीसी न्युज फारसीका अनुसार हुथीहरूले शनिबार यो दाबी गरेका हुन्। अरामको साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी हो।

हुथी विद्रोहीहरूका अनुसार साउदी अरबले यमनको राजधानी साना र अन्य क्षेत्रमा गरेका आक्रमणको जवाफस्वरूप उनीहरूले यो हमला गरेका हुन्।

यो घटनासँगै यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि चर्किएको छ। हमलापछि तेलको मूल्य बढ्न सक्ने चिन्ता पनि व्यक्त भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार