सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बोटमै कुहिँदै, किसान मर्कामा

बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक एक सातादेखि अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा परेका छन्। बोटमै पाकेका स्याउ झर्न र कुहिन थालेका छन्। मुस्ताङका पाँचै स्थानीय तहमा स्याउ टिप्ने र ढुवानी गर्ने मुख्य मौसम चलिरहेका बेला उत्पादित स्याउमध्ये ८० प्रतिशतभन्दा बढी अझै बजार पुग्न बाँकी छ।
पाँचै स्थानीय तहका तीन दर्जन किसान र व्यापारीले सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी अजिता शर्मासमक्ष सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। उनीहरूले ढुवानी रोकिँदा किसानले बेहोर्नुपरेको क्षतिबारे पनि जानकारी गराएका छन्। थासाङ गाउँपालिका–१ टुकुचेस्थित आईपीएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले दसैँअघिको मुख्य बिक्री समयमै बाटो बन्द हुँदा वर्षभरिको लगानी र मेहनत खेर जान लागेको बताउनुभएको छ।
उहाँका अनुसार स्याउ टिपे राख्ने ठाउँ छैन, नटिपे बजार पुर्याउने बाटो छैन। म्याग्दी खण्डमा सडक मर्मत जारी भए पनि बाटो अझै पूर्ण रूपमा खुलिसकेको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


