१५ असोज २०८३ English
English

रास्वपा महामन्त्री आचार्यको संसद्मा प्रधानमन्त्रीतर्फ लक्षित व्यङ्ग्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रास्वपा महामन्त्री आचार्यको संसद्मा प्रधानमन्त्रीतर्फ लक्षित व्यङ्ग्य

YouTube मा सब्स्क्राइब

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आफू ‘एक्स्ट्रा अर्डिनरी’ बन्ने प्रयासमा रहेको भन्दै प्रतिनिधि सभामा व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ। बिहीबार सदनको शून्य समयमा बोल्दै उहाँले आफूलाई औसत क्षमताको इन्जिनियर बताउनुभयो। क्षमता, नियत र तथ्यमा अब्बल जुनसुकै विधाका व्यक्ति आफूलाई असाधारण लाग्ने उहाँको भनाइ छ।

त्यसको अघिल्लो दिन बुधबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्नुभएको थियो। उक्त छलफलमा प्रधानमन्त्रीले इन्जिनियर सांसदलाई ‘एक्स्ट्रा अर्डिनरी सांसद’ भनेर सम्बोधन गर्नुभएको थियो। आचार्यले भने संसद्मा बोल्दा प्रधानमन्त्रीको नाम लिनुभएन र बुधबारको छलफलको पनि उल्लेख गर्नुभएन।

प्रधानमन्त्रीको काम गर्ने शैली र निर्णयबारे सत्तारूढ दलभित्रै पछिल्लो समय असहमति देखिएको छ। सोही सम्बोधनमा आचार्यले नेपाली रुपैयाँको आफ्नै मौलिक चिह्न बनाउनुपर्ने प्रस्ताव गर्नुभयो। डलर, युरो, पाउन्ड, येन र भारतीय मुद्राका आफ्नै चिह्न भएको उल्लेख गर्दै उहाँले नेपालले अझै ‘रू’ र अङ्ग्रेजीको एनपिआर प्रयोग गरिरहेको बताउनुभयो।

विश्वव्यापी वित्तीय प्रविधिको युगमा छुट्टै युनिकोड चिह्नले धेरै काम सहज बनाउने उहाँको तर्क छ।

स्रोत

सम्बन्धित समाचार