९ असोज २०८३ English
English

तेस्रो हिमालयन गोल्डकप फुटसल बिहीबारदेखि सुरु

· १ मिनेट पढाइ

तेस्रो संस्करणको हिमालयन गोल्डकप फुटसल प्रतियोगिता आगामी बिहीबार र शुक्रबार गरी दुई दिन हुने भएको छ। आयोजक हिमालयन फुटबल क्लबले आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। विजेता टोलीले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

फेयर प्ले टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ। विधागततर्फ उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीले १०–१० हजार तथा उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकले ५–५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगितामा ४० भन्दा बढी टोली सहभागी हुने क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी दिनुभएको छ। तीमध्ये ५ टोली बाहिरी जिल्लाबाट आउनेछन्। बाहिरी जिल्लाबाट आउने टोलीका लागि आयोजकले खाना र आवासको व्यवस्था गर्ने जनाएको छ।

यस वर्ष प्रतियोगितालाई बाढी र पहिरोसँग जोडिएको सामाजिक सहयोग अभियानसँग समेत जोडिएको छ।

यो समाचार भिडियोमा

तेस्रो हिमालयन गोल्डकप फुटसल बिहीबारदेखि सुरु

स्रोत

सम्बन्धित समाचार