बाढीले उजाडियो पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणी, करोडौँको क्षति

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणी बाढीपछि उजाड बनेको छ। बाढीबाट त्यहाँ करोडौँ रुपैयाँको क्षति भएको छ।
असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै जाँदा स्थानीयले यसलाई पहिलेजस्तै सामान्य बाढी ठानेका थिए। तर, बाढीले सेतीवेणी क्षेत्रलाई नै उजाड बनाएको छ।
बाढीपछिको अवस्थाबारे एक स्थानीयले भने, ‘असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ। कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ।’
सेतीवेणी कालीगण्डकी र सेतीखोलाको सङ्गमस्थलमा रहेको तीन जिल्ला जोडिने क्षेत्र हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
