१२ कात्तिक २०८३ English
English

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १८ अर्बभन्दा बढी, प्रभावित स्थानीय तहलाई २४ करोड ५० लाख मात्र निकासा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १८ अर्बभन्दा बढी, प्रभावित स्थानीय तहलाई २४ करोड ५० लाख मात्र निकासा
तस्बिर: इमेजखबर

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पर्याप्त रकम मौज्दात रहे पनि भोटेकोशी तथा कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा न्यून रकम मात्र निकासा भएको छ।

कोषमा सवा १८ अर्ब रुपैयाँ मौज्दात रहेको छ भने विपद् प्रभावित स्थानीय तहलाई जम्मा २४ करोड ५० लाख रुपैयाँ मात्र निकासा भएको हो।

भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले कोषमा जम्मा भएको रकम र खर्चको विस्तृत विवरण मागेको छ।

यसअघि अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माणको काम अघि बढाइने बताएका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार