चाडपर्वमा काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने

जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ, तिहार र छठलाई लक्षित गर्दै विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। योजनाअनुसार चाडपर्वका बेला काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन गरिनेछ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका एसएसपी दिलीप घिमिरेले सुरक्षा योजना शुक्रबारदेखि लागू भएर कात्तिक ३० गतेसम्म जारी रहने बताए। उनका अनुसार यस पटकको सुरक्षा योजना प्रविधिमैत्री बनाइएको छ। प्रहरीले ड्रोनमार्फत निगरानी गर्नेदेखि कुकुर परिचालनसम्मको तयारी गरेको छ।
चाडपर्वका समयमा हुनसक्ने चोरी, पाकेटमारी, लुटपाट, जुवा, ठगी, अपहरणलगायत आपराधिक गतिविधि नियन्त्रण गर्ने लक्ष्यसहित योजना ल्याइएको प्रहरीले जनाएको छ। घटना भएको सूचना पाएपछि ५ देखि १० मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखिएको छ।
परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले चाडपर्वका बेला हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर योजना तयार गरिएको जानकारी दिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


