रसुवामा बाढीपछि ३३ विद्यार्थी तुइन चढेर त्रिशूली तर्दै विद्यालय

रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयका ३३ विद्यार्थी भोटेकोशी बाढीपछि दैनिक ज्यान जोखिममा राखेर विद्यालय पुगिरहेका छन्। शान्तिबजार र पैरेबेँसीबाट आउने यी विद्यार्थीले दिनहुँ खोला तर्ने, गाडीमा झुन्डिने र तुइन चढ्ने सास्ती खेपिरहेका छन्। घरबाट निस्किएपछि उनीहरू पहिले सलाखु खोला तरेर करिब एक घण्टा पैदल हिँड्छन्।
त्यसपछि गाडीको पछाडि झुन्डिँदै त्रिशूली किनारको कोलोनीसम्म पुग्छन्। त्यहाँबाट तुइनको सहारामा उर्लँदो त्रिशूली नदी पार गरेर ढुङ्गे बजार पुग्नुपर्छ। ढुङ्गे बजारबाट माइक्रोबसमा आङ्गिटार पुगेपछि सिहाले गाउँ हुँदै करिब आधा घण्टा उकालो हिँडेर बेत्रावती आइपुग्छन्।
बेत्रावतीमा फड्के तरेर मात्र उनीहरू विद्यालयतर्फ लाग्छन्। विद्यालयकी शिक्षिका रन्जना थापाका अनुसार भोटेकोशीमा बाढी आएपछि यी विद्यार्थीको दैनिकी यसरी फेरिएको हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


