१५ असोज २०८३ English
English

फिफा निलम्बनका कारण नेपाल इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपबाट बाहिर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
फिफा निलम्बनका कारण नेपाल इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपबाट बाहिर

YouTube मा सब्स्क्राइब

फिफाको निलम्बन नहटेकाले नेपाल साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक यो प्रतियोगिताबाट बाहिरिएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले नेपाललाई निलम्बन फुकुवा गराउन सेप्टेम्बर ३० सम्मको समय दिएको थियो, तर त्यो अवधिमा आवश्यक प्रक्रिया पूरा हुन सकेन। अखिल नेपाल फुटबल संघ एन्फाको काममा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले जुन २४ मा अनिश्चितकालका लागि निलम्बन गरेको थियो।

निलम्बनयता नेपालले एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएको छ। नोभेम्बर १७ सम्म बंगलादेशमा हुने १५औँ संस्करणमा अब ६ देश मात्र सहभागी हुनेछन्। समूह ए मा आयोजक बंगलादेश, श्रीलंका र भुटान तथा समूह बी मा भारत, पाकिस्तान र माल्दिभ्स छन्।

निलम्बन हटेको भए नेपाल समूह ए मा पर्ने थियो। नेपालले यसअघिका सबै १४ संस्करण खेल्दै एकपटक उपविजेता, एकपटक तेस्रो र पाँचपटक सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। पूर्वकप्तान, पूर्वप्रशिक्षक तथा एन्फाका पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंहले यो प्रतियोगिता विदेशी पेसेवर क्लबसँग सम्झौता पाउने अवसर पनि भएकाले खेलाडीले आफूलाई प्रमाणित गर्ने मञ्च गुमाएको बताउनुभएको छ।

उहाँले माथिल्लो तहको राजनीतिक झगडाको मार खेलाडीमाथि परेको टिप्पणी गर्नुभएको छ। शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार नै साफमा सहभागिता सम्भव नरहेको सङ्केत गर्नुभएको थियो।

स्रोत

सम्बन्धित समाचार