१९ असोज २०८३ English
English

नेसन्स लिग: पोर्चुगल र नेदरल्यान्ड्सको जित, ग्रिस–जर्मनी बराबरी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेसन्स लिग: पोर्चुगल र नेदरल्यान्ड्सको जित, ग्रिस–जर्मनी बराबरी

YouTube मा सब्स्क्राइब

युइएफए नेसन्स लिग फुटबलको चौथो चरणमा पोर्चुगल र नेदरल्यान्ड्सले आ–आफ्ना खेल जितेका छन् भने ग्रिस र जर्मनीबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ। समूह ‘डी’ मा पोर्चुगलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै नर्वेलाई २–१ गोलले हराएको छ। खेलको ३६औँ मिनेटमा क्रिस्टोफर अयेरले नर्वेलाई अग्रता दिलाए पनि दुई मिनेटपछि जोआओ कान्सेलोले बराबरी गोल गरेका थिए।

दोस्रो हाफमा गोन्सालो रामोसले पोर्चुगलको निर्णायक गोल गरेका हुन्। पोर्चुगलले १० खेलाडीमा सीमित भएर पनि यो जित निकालेको हो। समूह ‘बी’ मा नेदरल्यान्ड्सले सर्बियालाई २–१ ले पराजित गरेको छ।

ट्युन कुपमाइनर्सले ३१औँ मिनेटमा गोल गरेपछि सर्बियाका मिहाज्लो स्वेतकोभिचले ३५औँ मिनेटमा बराबरी गरेका थिए। नेदरल्यान्ड्सको अर्को गोल जोशुआ जर्कजीले गरेका हुन्। यो जितसँगै नेदरल्यान्ड्स समूह ‘बी’ को शीर्ष स्थानमा कायमै छ।

सोही समूहमा ग्रिस र जर्मनी ०–० को बराबरीमा रोकिएका छन्। चार खेलपछि ग्रिस दोस्रो र जर्मनी तेस्रो स्थानमा छन्। यो प्रतियोगितामा जर्मनीको दोस्रो बराबरी हो, यसअघि उसले नेदरल्यान्ड्ससँग १–१ गोलको बराबरी खेलेको थियो।

स्रोत

सम्बन्धित समाचार