सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। पछिल्ला दिनमा घट्दै आएको सुनको मूल्य आज भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


