१० असोज २०८३ English
English

विस्थापनको दिगो समाधान द्वन्द्व अन्त्य नै: राष्ट्रसङ्घ शरणार्थी उच्चायुक्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विस्थापनको दिगो समाधान द्वन्द्व अन्त्य नै: राष्ट्रसङ्घ शरणार्थी उच्चायुक्त

YouTube मा सब्स्क्राइब

संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा र उत्पीडनबाट हुने जबर्जस्ती विस्थापनको सबैभन्दा दिगो समाधान शान्ति नै भएको बताउनुभएको छ। शुक्रबार सुरक्षा परिषद्को बैठकलाई पहिलोपटक सम्बोधन गर्दै उहाँले द्वन्द्व अन्त्यका लागि राजनीतिक प्रभाव प्रयोग गर्न र शान्ति प्रक्रिया निरन्तर राख्न परिषद्का सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ। उच्चायुक्त सालिहका अनुसार हाल करिब ११ करोड ७० लाख मानिस द्वन्द्व, हिंसा र सुरक्षा खतराका कारण घर छाड्न बाध्य छन्।

उहाँले विस्थापन बढ्ने गति समाधानका प्रयासभन्दा छिटो भएको, द्वन्द्वको सङ्ख्या बढ्दै गएको र धेरै द्वन्द्व लामो समयसम्म लम्बिएको बताउनुभएको छ। राजनीतिक समाधान नहुँदा अस्थायी भनेर घर छाडेका लाखौँ मानिस वर्षौँ र कतिपय पुस्तौँसम्म विस्थापित छन्। आपत्कालमा बनेका शिविर दशकौँसम्म रहिरहनु र बालबालिकाले अभिभावकको विस्थापन पीडा पैतृक रूपमा पाउनुलाई सफलता मान्न नसकिने उहाँको भनाइ छ।

मानिसलाई सहयोगको आवश्यकता नै नपर्ने अवस्था बनाउनु वास्तविक सफलता भएको उच्चायुक्तले उल्लेख गर्नुभएको छ। उहाँले ७५ वर्षअघिको शरणार्थी महासन्धिले शान्ति असफल हुँदा विस्थापितको संरक्षण गर्ने प्रतिबद्धता स्थापित गरेको सम्झाउनुभएको छ। विस्थापनलाई मानवीय समस्या मात्र नभई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने उहाँको धारणा छ।

शान्ति स्थापनाको जिम्मेवारी मानवीय संस्थाको मात्र नभएको पनि उहाँले स्पष्ट पार्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार