१८ असोज २०८३ English
English

नेसन्स लिग: इङ्ग्ल्यान्डले क्रोएसियालाई ७–० ले हरायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेसन्स लिग: इङ्ग्ल्यान्डले क्रोएसियालाई ७–० ले हरायो

YouTube मा सब्स्क्राइब

युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले क्रोएसियालाई ७–० गोलले हराएको छ। समूह 'सी' अन्तर्गत शनिबार भएको खेल एकतर्फी बनेको थियो। इंग्ल्याण्डका कप्तान ह्यारी केन र बुकायो साकाले दुई–दुई गोल गरेका छन्।

जुड बेलिङघम, एन्थोनी गोर्डन र मोर्गन रोजर्सले एक–एक गोल थपेका छन्। केनले आठौँ मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए। बेलिङघमले २१औँ मिनेटमा गोल गर्दै अग्रता २–० पुर्‍याएका थिए।

गोर्डनले ३९औँ मिनेटमा टोलीको तेस्रो गोल गरेका थिए। यस खेलमा इंग्ल्याण्डका पाँच फरक खेलाडीले गोल गरेका छन्। यो जितपछि इंग्ल्याण्ड समूहको तालिकामा दोस्रो स्थानमा पुगेको छ।

स्रोत

सम्बन्धित समाचार