फिफा निलम्बनको सय दिन, नेपाली फुटबल अझै अन्योलमा

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ, फिफाले अखिल नेपाल फुटबल सङ्घ, एन्फालाई निलम्बन गरेको १०० दिन पुगेको छ, तर प्रतिबन्ध कहिले हट्ने भन्ने स्पष्ट छैन। फिफाले सङ्घको काममा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत जुन २५ मा एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो। निलम्बनका कारण नेपालका राष्ट्रिय टोली र क्लबहरू फिफा तथा एसियाली फुटबल परिसङ्घ, एएफसीका प्रतियोगितामा सहभागी हुन पाएका छैनन्।
एन्फाले ती निकायबाट पाउने आर्थिक सहयोग, विकास कार्यक्रम र प्रशिक्षणका अवसरसमेत गुमाएको छ। छिमेकी भारतलाई पनि फिफाले तेस्रो पक्षको हस्तक्षेपकै कारण सन् २०२२ को अगस्टमा निलम्बन गरेको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

