सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद, चालक फरार

सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार गाँजा ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा भेटिएको थियो। एम्बुलेन्सका चालक र गाँजा तस्करीमा संलग्न व्यक्ति भने फरार छन्।
सोही क्रममा सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेट पनि बरामद गरेको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

