भोटेकोशी बाढीको नामकरण गर्न वैज्ञानिक समितिको अध्ययन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको नाम तय गर्न सात सदस्यीय वैज्ञानिक समिति गठन गरेको छ। बुधबार बनेको समितिले घटनाका वैज्ञानिक आधार र प्रमाण जुटाएर नाम टुंगो लगाउनेछ। समितिको संयोजक जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासे हुनुहुन्छ।
मन्त्रालयअन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको प्रारम्भिक अध्ययनमा 'ग्लेसियर रक एभलेन्च', 'आइस रक एभलेन्च वा ल्यान्डस्लाइड' र 'रसुवा भोटेकोशी महाविपत्' जस्ता नाम छलफलमा आएका छन्। सचिवालयका सहसचिव टीका बरालले यो संसारकै दुर्लभ घटना भएकाले विस्तृत अध्ययनबिना निष्कर्षमा पुग्न नसकिने बताउनुभएको छ। सबै वैज्ञानिक आधार र प्रमाण सङ्कलन भएपछि मात्र उपयुक्त नाम राखिने उहाँको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


