चीनबाट राहत सामग्री र सुरुङ उद्धार उपकरण प्राप्त

चीनले शुक्रबार नेपाललाई सुरुङमा उद्धार गर्न प्रयोग हुने थप उपकरण सुम्पिएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालमा खटिएका चिनियाँ सुरुङ उद्धार विशेषज्ञसँगको भेटमा उपकरण बुझ्नुभएको छ। मन्त्री पुनले भदौ १० गतेको भोटेकोशी पहिरो र बाढीका बेला उद्धार र प्रतिकार्यमा सघाएकोमा चीन सरकार र जनताप्रति आभार व्यक्त गर्नुभएको छ।
भेटमा दुवै पक्षले विपद् रोकथाम, न्यूनीकरण, उद्धार र पुनर्निर्माणमा सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन्। मन्त्री पुनका अनुसार चीनबाट सैन्य कार्गो विमानमार्फत ड्रोन, टेन्ट र भाँडाकुँडासहितका राहत सामग्री आइपुगेका छन्। चीनले करिब २ लाख अमेरिकी डलर नगद अनुदान र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप करिब २ लाख डलर दिएको उहाँले बताउनुभएको छ।
रेडक्रसमार्फत पनि करिब २ लाख डलर बराबरका सामग्री प्राप्त भएका छन्। मन्त्री पुनले कठिन र जोखिमपूर्ण अवस्थामा त्रिशूली क्षेत्रमा उद्धार टोलीलाई सघाउने चिनियाँ विज्ञ टोलीलाई धन्यवाद दिनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


