९ असोज २०८३ English
English

बाढीपहिरो प्रभावित क्षेत्रबाट सेनाले चार हजारभन्दा बढीको हवाई उद्धार गर्‍यो

· १ मिनेट पढाइ
बाढीपहिरो प्रभावित क्षेत्रबाट सेनाले चार हजारभन्दा बढीको हवाई उद्धार गर्‍यो
तस्बिर: नेपाल प्रेस

नेपाली सेनाले बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रबाट हवाई साधनको प्रयोग गरी हालसम्म झन्डै ४ हजार २ सय जनाको उद्धार गरेको छ। सेनाका अनुसार उद्धार गरिएकामध्ये करिब ३ हजार ९ सय नेपाली र झन्डै ३ सय विदेशी नागरिक छन्। भदौ १० गते भोटेकोशी र त्रिशूली बेसिनमा आएको लेदोसहितको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो।

माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ सुरुङमा खोजी कार्य जारी छ भने त्रिशूली–३एको सुरुङ र विद्युत्गृह क्षेत्रमा आयोजनाका प्रतिनिधिसमेत रहेको संयुक्त टोली खटिएको छ। त्रिशूली–३बीको विद्युत्गृह क्षेत्रमा एक्स्काभेटर र लोडर लगाएर उत्खनन गरिएको छ। रसुवा र नुवाकोटका तुप्चे, दानसिङ, कालिकास्थान, मान्चेत, सामरी भञ्ज्याङ र त्रिशूलीपारि कोलोनीमा अस्थायी शिविर राखेर सैनिकहरू पैदल गस्तीमार्फत खोजी गरिरहेका छन्।

सेनाले साँघुरा सुरुङको रेकी तथा प्रभावित क्षेत्रको खोज र मूल्याङ्कन पनि गरिरहेको छ।

स्रोत

सम्बन्धित समाचार