१२ असोज २०८३ English
English

वर्षाले खेल रद्द, एसियाडबाट नेपाल बाहिरियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
वर्षाले खेल रद्द, एसियाडबाट नेपाल बाहिरियो

YouTube मा सब्स्क्राइब

जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटबाट नेपाल बाहिरिएको छ। श्रीलंकासँगको तेस्रो क्वार्टरफाइनल वर्षाका कारण रद्द हुँदा नेपालले एउटा बल पनि खेल्न पाएन। निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि लगातार पानी परेको थियो।

नेपाली समयअनुसार बिहान पौने ६ बजे सुरु हुने खेलमा टससमेत हुन सकेन। खेल रद्द भएसँगै श्रीलंकाले सेमिफाइनलको टिकट पाएको छ। समूह चरणमा शीर्ष स्थान हासिल गर्दै नेपाल क्वार्टरफाइनलमा पुगेको थियो।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा राम्रो लयमा रहेको नेपाललाई खेलअघि बलियो चुनौतीका रूपमा हेरिएको थियो। प्रतियोगिताभर वर्षाले क्रिकेट खेलहरूमा बाधा पुर्‍याउँदै आएकाले यो खेल पनि प्रभावित हुने आशंका पहिल्यै गरिएको थियो।

स्रोत

सम्बन्धित समाचार