मौसम खुलेसँगै पोखरामा पर्यटकीय गतिविधि फेरि सुरु, पर्यटन क्षेत्र खुला रहेको सन्देश

भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन ठप्पप्रायः भएको छ। स्वदेशी तथा विदेशी पर्यटक नहुँदा सुनसान बनेको मुलुकको पर्यटकीय राजधानी पोखराले पर्यटन क्षेत्र खुला रहेको र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिएको छ।
चार दिनसम्म लगातार परेको वर्षापछि पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि पुनः चलायमान बन्न थालेको छ।
मौसम सफा भएपछि सोमबार पोखरामा हिमशृङ्खला अवलोकन र फेवातालमा नौकाविहारलगायतका पर्यटकीय गतिविधि भएका छन्।
वर्षा र बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध हुँदा पोखरा आउजाउ गर्ने पर्यटकको संख्या घटेको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


