९ असोज २०८३ English
English

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीसँग भेट

· १ मिनेट पढाइ
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीसँग भेट
तस्बिर: नेपाल लाइभ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका लागि न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री रादोस्लाव सिकोरस्कीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। भेटमा प्रधानमन्त्री तोब्गेले नेपालमा हालै आएको बाढीबाट भएको विनाशप्रति दुःख प्रकट गर्दै यो कठिन घडीमा भुटान नेपालसँग रहेको बताउनुभएको छ। उहाँले प्रभावित क्षेत्रको पुनर्निर्माण चाँडै हुने आशा पनि व्यक्त गर्नुभएको छ।

परराष्ट्रमन्त्री खनालले बाढीलगत्तै भुटानले दिएको उदार सहयोगको नेपाल सरकार र जनताले उच्च कदर गरेको उल्लेख गर्दै धन्यवाद दिनुभएको छ। दुई नेताबीच व्यापार, हवाई उड्डयन र पारस्परिक हितका अन्य क्षेत्रमा सहयोग फराकिलो बनाउने विषयमा पनि छलफल भएको छ। दुवै देश हिमाली तथा पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका कारण बारम्बार र तीव्र बन्दै गएका विपद्सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य बलियो बनाउनुपर्नेमा नेताहरूले जोड दिनुभएको छ।

प्रधानमन्त्री तोब्गेले भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ। सिकोरस्कीसँग राष्ट्रसंघ मुख्यालयमा भएको भेटमा दुई देशबीच विस्तार हुँदै गएको सम्बन्धलाई थप बलियो बनाउनेबारे कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउनेबारे पनि छलफल भएको छ।

राष्ट्रसंघ जस्ता बहुपक्षीय मञ्चमा दुई देशको सहकार्य थप नतिजामुखी बनाउनुपर्नेमा दुवै पक्षको जोड रहेको छ।

यो समाचार भिडियोमा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीसँग भेट

स्रोत

सम्बन्धित समाचार