१८ असोज २०८३ English
English

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव

YouTube मा सब्स्क्राइब

जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित हुनुभएको छ। वीरगञ्जमा सम्पन्न पार्टी महाधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनमा पार्टीका अनुसार राउतले करिब ९ सय ६० मत पाउनुभएको छ।

अध्यक्ष पदमा उहाँको मात्र उम्मेदवारी परेको थियो। पार्टी विधानले कुल सदर मतको कम्तीमा २० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेकाले एकल उम्मेदवार हुँदा पनि मतदान गराइएको पार्टीले जनाएको छ। महासचिवमा सिरहाका सञ्जयकुमार यादव निर्वाचित हुनुभएको छ।

पार्टीका अनुसार यादवले करिब ६ सय मत पाउनुभएको छ। उहाँसँग ममता झा र चन्दनकुमार सिंहले प्रतिस्पर्धा गरेका थिए, तर दुवैले आवश्यक २० प्रतिशत मतको सीमा कटाउन नसकेको पार्टीले जनाएको छ। उपमहासचिवमा सिरहाकै निर्मलकुमार मण्डल करिब ५ सय मतसहित प्रतिस्पर्धी ललितचन्द्र मल्लिकलाई पछि पार्दै विजयी हुनुभएको छ।

सात उपाध्यक्षमा डा. जयकान्त राउत, अनितादेवी साह, बसन्तकुमार कुशवाहा, अनिताकुमारी मण्डल, माधवप्रसाद सिंह, नरेन्द्रप्रसाद चौधरी र राजयकुमार यादव चुनिनुभएको छ। उपाध्यक्षका लागि ११ जना मैदानमा थिए, जसमा परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन पराजित हुनुभएको छ।

महाधिवेशनमा २६ पदाधिकारीसहित झन्डै एक सय उम्मेदवारका लागि मतदान भएको थियो।

स्रोत

सम्बन्धित समाचार