९ असोज २०८३ English
English

समस्याग्रस्त ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

· १ मिनेट पढाइ
समस्याग्रस्त ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
तस्बिर: नेपाल प्रेस

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ वटा समस्याग्रस्त सहकारीका १३५ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। ती सहकारीको ऋण असुली गरेर उठेको पैसाबाट पीडित बचतकर्तालाई भुक्तानी दिइएको सरकारले स्पष्ट पारेको छ। समितिका अनुसार रकम फिर्ता पाउनेमध्ये सबैभन्दा धेरै शिवशिखर सहकारीका ५७ जना साना बचतकर्ता छन्।

कान्तिपुर सहकारीका ५२ जना साना बचतकर्ताले पनि आफ्नो बचत फिर्ता पाएका छन्। त्यस्तै, तुलसी बहुमुखी सहकारीका ९ जना, आइडियल यमुना सहकारीका ९ जना र ओरिन्टल को-अपरेटिभका ८ जना बचतकर्ताको रकम फिर्ता भएको छ। यो पहिलो चरणको भुक्तानी हो, जसमा कम रकम जम्मा गरेका साना बचतकर्तालाई मात्र रकम फिर्ता गरिएको समितिले जनाएको छ।

अबका चरणमा बाँकी बचतकर्तालाई उनीहरूको बचत रकमको आकारका आधारमा वर्गीकरण गरी क्रमशः भुक्तानी गरिने समितिको भनाइ छ। समस्याग्रस्त सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट उठेको रकम सम्बन्धित सहकारीकै बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने काम निरन्तर भइरहेको छ।

स्रोत

सम्बन्धित समाचार