२० असोज २०८३ English
English

कांग्रेस सभापतिमा थापालाई खड्गीको चुनौती, वरिष्ठ उपसभापतिमा शर्मा, प्यानलमा रोक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस सभापतिमा थापालाई खड्गीको चुनौती, वरिष्ठ उपसभापतिमा शर्मा, प्यानलमा रोक

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेता श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा मङ्गलबार मनोनयन दर्ता भएको हो। विधान संशोधनबाट यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा उपसभापति विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको छ।

महामन्त्री पदमा वर्तमान महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहित नैनसिंह महर, सुनिलकुमार शर्मा, शङ्कर तिवारी र अमरसिंह पुन उम्मेदवार बन्नुभएको छ। नयाँ विधानअनुसार एक महिलासहित तीन महामन्त्री र तीन उपसभापति चुनिनेछन्। उपसभापतिमा विनोद चौधरी र पुष्पा भुसाललगायतले मनोनयन दर्ता गराउनुभएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दर्ताको समय दिउँसो ४ बजेबाट बढाएर साँझ ६ बजेसम्म पुर्‍याइएको छ। यसपटक प्यानल बनाउन र मत माग्ने चिर्कटो बाँड्न रोक लगाइएको उपसभापति शर्माले बताउनुभएको छ। सात हजारभन्दा बढी प्रतिनिधिले असोज २२ गते मतदान गर्ने कार्यतालिका छ।

स्रोत

सम्बन्धित समाचार