९ असोज २०८३ English
English

असुरक्षित बसाइँसराइले बालबालिकामा बेचबिखनको जोखिम: अध्ययन

· १ मिनेट पढाइ

गरिबी, कमजोर शिक्षा र असुरक्षित बसाइँसराइले नेपालमा बालबालिकालाई बेचबिखन तथा जबर्जस्ती श्रममा धकेल्ने जोखिम बढाएको एक अध्ययनले देखाएको छ। सोसल साइन्स बहाःले द एसिया फाउन्डेसन, शक्ति समूह र न्यु एरासँग मिलेर सन् २०२४ देखि २०२५ सम्म उक्त अध्ययन गरेको छ। इँटाभट्टा, गलैँचा, गार्मेन्ट र जरी उद्योग, घरेलु काम, मनोरञ्जन क्षेत्र तथा सीमापार बेचबिखनमा परेका बालबालिकाको अवस्था अध्ययनमा समेटिएको छ।

अध्ययनका क्रममा एक दर्जनभन्दा बढी जिल्लाका करिब साढे ६ सय प्रभावितसँग सर्वेक्षण गरिएको छ। सहभागीमध्ये झन्डै ८४ प्रतिशतको परिवारको आम्दानीले आधारभूत आवश्यकता धान्न नपुग्ने अध्ययनमा उल्लेख छ। सीमापार बेचबिखनबाट प्रभावितमध्ये झन्डै ९४ प्रतिशतले कार्यस्थलमा दुर्व्यवहार भोगेको पाइएको छ।

उद्धारपछि पुनर्स्थापना सेवाको पहुँच न्यून रहेको पनि अध्ययनले औँल्याएको छ।

स्रोत

सम्बन्धित समाचार