सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस

गम्भीर सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि कारबाही गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालयस्रोतका अनुसार उनलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको हो।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीको कार्यालयमा भेटेपछि एआईजी दाहाल छानबिनको दायरामा आएका थिए। उनीमाथिको छानबिन अब सकिएको छ।
सशस्त्र प्रहरीकै एआईजी अन्जनीकुमार पोखरेलको नेतृत्वमा गठित एक सदस्यीय छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ। समितिले सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ अनुसार दाहालमाथि कारबाही गर्न सिफारिस गरेको हो।
नियमावलीको दफा ११३ मा आचरणविपरीत काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ। प्रतिवेदन गृह मन्त्रालयमा पुगेसँगै दाहाल बर्खास्त हुनसक्ने जनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


