२१ असोज २०८३ English
English

प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
तस्बिर: क्लिकमाण्डू

उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

शेरचनविरुद्ध दायर भएका चारवटा बैंकिङ कसुर मुद्दामा सुनुवाइ गर्दै अदालतले तीनवटा मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

न्यायाधीशद्वय गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

शेरचन प्रभु बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। उनीविरुद्ध दायर चार मुद्दामध्ये तीनवटामा अदालतले थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउने आदेश दिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार