९ असोज २०८३ English
English

भारतीय राजदूत श्रीवास्तवको सभामुख अर्यालसँग बिदाइ भेट

· १ मिनेट पढाइ
भारतीय राजदूत श्रीवास्तवको सभामुख अर्यालसँग बिदाइ भेट
तस्बिर: नागरिक

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख डोलप्रसाद अर्यालसँग बिदाइ भेट गर्नुभएको छ। सोमबार संघीय संसद् सचिवालय, सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले श्रीवास्तवलाई कार्यकाल सफल रूपमा पूरा गरेकोमा बधाई तथा शुभकामना दिनुभएको छ। राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध र सहकार्य बलियो बनाउन महत्त्वपूर्ण योगदान पुगेको सभामुखले उल्लेख गर्नुभएको छ।

पछिल्लो विनाशकारी विपद्मा भारत सरकारले पहिलो उद्धारकर्ता र भरपर्दो छिमेकीका रूपमा सहयोग गरेकोमा सभामुख अर्यालले विशेष आभार प्रकट गर्नुभएको छ। भारतीय वायुसेनाको विमानबाट राहत तथा उद्धार सामग्री ल्याइएको र सुरुङ उद्धारका लागि विशेषज्ञ टोलीसहित प्राविधिक सहयोग पठाइएको उहाँले सम्झाउनुभएको छ। कठिन घडीमा पाएको यो सहयोगले दुई देशबीचको मित्रता, सद्भाव र ऐक्यबद्धता झल्काएको सभामुखको भनाइ छ।

संसदीय कूटनीतिले नेपाल–भारत सम्बन्ध अझ सुदृढ बनाउने धारणा पनि सभामुख अर्यालले राख्नुभएको छ।

यो समाचार भिडियोमा

भारतीय राजदूत श्रीवास्तवको सभामुख अर्यालसँग बिदाइ भेट

स्रोत

सम्बन्धित समाचार