१४ असोज २०८३ English
English

बेनी बजारमाथिको पाखो चर्कियो, पहिरोको खतरा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेनी बजारमाथिको पाखो चर्कियो, पहिरोको खतरा

YouTube मा सब्स्क्राइब

म्याग्दीको सदरमुकाम बेनी बजारमाथिको पाखोमा जमिन चर्किएर पहिरो खस्न थालेको छ। कालीगण्डकी र म्याग्दी नदी मिसिने ठाउँमा रहेको यो बजारको न्युरोडपछाडिको भिरालो जमिनमा ठाउँठाउँमा धाँजा फाटेर चिरा परेका छन्। चिरा परेको भाग तलतिर बग्न थालेपछि पाखोमुनिका घरहरू जोखिममा परेका छन्।

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी र पहिरोले पाइपलाइन बिगारेपछि बेनीमा खानेपानीको अभाव पनि भएको छ। मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड अझै अवरुद्ध छ, र पोखरेबगरलगायतका ठाउँमा सडक खुलाउने काम भइरहेको छ। यसैबीच बाढी पहिरोले रोकिएका पृथ्वी र बीपी राजमार्ग भने फेरि सञ्चालनमा आएका छन्।

स्रोत

सम्बन्धित समाचार