९ असोज २०८३ English
English

एन्फामाथिको फिफा निलम्बन फुकुवा गर्न उच्चस्तरीय पहल: खेलकुदमन्त्री

· १ मिनेट पढाइ
एन्फामाथिको फिफा निलम्बन फुकुवा गर्न उच्चस्तरीय पहल: खेलकुदमन्त्री
तस्बिर: Onlinekhabar English

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि विश्व फुटबलको नियामक निकाय फिफाले लगाएको निलम्बन हटाउन उच्चस्तरमा पहल भइरहेको बताउनुभएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उहाँले फिफाले निलम्बनको अवधि नतोकेको जानकारी दिनुभएको छ। राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई दिएको निर्देशनलाई फिफाले तेस्रो पक्षको हस्तक्षेप मानेर निलम्बनको सूचना पठाएको उहाँको भनाइ छ।

एन्फाको तत्कालीन कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म बाँकी रहँदै संघले २०८२ माघ २८ गते अग्रिम निर्वाचनका लागि परिषद्सँग स्वीकृति मागेको उहाँले उल्लेख गर्नुभएको छ। परिषद्ले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ बमोजिम विधान संशोधन गरेर तहगत निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको हो। निर्देशन नमानी एन्फाले साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढाएपछि पटकपटक चेतावनी दिइएको र परिषद्को कार्यकारी समितिले चैत १२ गते संघलाई निलम्बन गरेको मन्त्री पोखरेलले बताउनुभएको छ।

मन्त्री पोखरेलका अनुसार संघले दिएको निवेदनका आधारमा ऐनको दफा २९ को उपदफा २ अनुसार परिषद्ले २०८३ जेठ १ गते उक्त निलम्बन फुकुवा गरिसकेको छ। फिफाको निलम्बनयता नेपालमा एउटा पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुन नसकेको उहाँले सदनलाई जानकारी दिनुभएको छ।

यो समाचार भिडियोमा

एन्फामाथिको फिफा निलम्बन फुकुवा गर्न उच्चस्तरीय पहल: खेलकुदमन्त्री

स्रोत

सम्बन्धित समाचार