९ असोज २०८३ English
English

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा चार अभ्यास खेल खेल्ने

· १ मिनेट पढाइ
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा चार अभ्यास खेल खेल्ने
तस्बिर: रातोपाटी

भुटानको राष्ट्रिय क्रिकेट टोलीले आईसीसी पुरुष टी-२० विश्वकपको एसिया उपक्षेत्रीय छनोट 'ए' को तयारीस्वरूप पोखरामा ४ वटा अभ्यास खेल खेल्ने भएको छ। उक्त छनोट प्रतियोगिता अक्टोबर ३ देखि मलेसियामा सुरु हुँदैछ। गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार सोही प्रतियोगिताको तयारीका लागि भुटानले पोखरालाई अभ्यासस्थल बनाएको हो।

नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा गण्डकी प्रादेशिक क्रिकेट संघले ती खेलहरूको आयोजना गर्न लागेको छ। असोज ११ र १२ गते हुने पहिलो २ खेलमा भुटानको प्रतिद्वन्द्वी गण्डकी प्रदेश टोली हुनेछ। त्यसपछि असोज १४ र १५ गते भुटान क्यान-११ विरुद्ध मैदानमा उत्रिनेछ।

खेलहरू पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुनेछन्। विश्व पर्यटन दिवसको अवसर पारेर यी मैत्रीपूर्ण खेलको तालिका मिलाइएको छ। संघले यो भ्रमणबाट पोखराको क्रिकेट विकास र खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनाएको छ।

संघका अनुसार यसले पोखरालाई अन्तर्राष्ट्रिय खेल गन्तव्यका रूपमा चिनाउन पनि सघाउनेछ।

यो समाचार भिडियोमा

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा चार अभ्यास खेल खेल्ने

स्रोत

सम्बन्धित समाचार