राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी हुन् ।
सेवा सुरु भएसँगै मुटुसम्बन्धी रोगको परीक्षण र उपचार प्रतिष्ठानमै हुने भएको छ ।
कार्यक्रममा मन्त्री मेहताले प्रतिष्ठानको सेवा सुधारमा जोड दिइन् । उनले प्रतिष्ठानको विकास र सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


