१० असोज २०८३ English
English

नेपाल र रुवान्डाबीच सामान्य सहयोग सम्झौतामा हस्ताक्षर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपाल र रुवान्डाबीच सामान्य सहयोग सम्झौतामा हस्ताक्षर
तस्बिर: रातोपाटी

नेपाल र अफ्रिकी मुलुक रुवान्डाबीच दुई देशको सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित एक सामान्य सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकाको न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आयोजित एक साइडलाइन कार्यक्रममा यो सम्झौता गरिएको हो। नेपालको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र रुवान्डाको तर्फबाट त्यहाँका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री ओलिभियर जाँ प्याट्रिक न्दुहुन्गिरेहेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।

अङ्ग्रेजीमा ‘जेनेरल को-अपरेसन अग्रिमेन्ट’ नाम दिइएको यो सम्झौताले दुई देशबीच साझा चासोका विभिन्न क्षेत्रमा सहकार्य फैलाउने आधार तयार पार्ने अपेक्षा गरिएको छ। सम्झौतासँगै दुवै मुलुकले आपसी सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै नेपाल–रुवान्डा सम्बन्धलाई थप संस्थागत बनाउने अवसर पाएका छन्। दुई देशबीच सन् २०१८ मा औपचारिक रूपमा दौत्य सम्बन्ध कायम भएको थियो।

त्यसयता नेपाल र रुवान्डा संयुक्त राष्ट्रसङ्घलगायतका बहुपक्षीय मञ्चहरूमा एकअर्कासँग सहकार्य गर्दै आएका छन्।

यो समाचार भिडियोमा

नेपाल र रुवान्डाबीच सामान्य सहयोग सम्झौतामा हस्ताक्षर

स्रोत

सम्बन्धित समाचार