९ असोज २०८३ English
English

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

· १ मिनेट पढाइ
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
तस्बिर: सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकमा नेपाली राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। भारतमा दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डा. निश्चलनाथ पाण्डे र चीनमा चिनियाँ मामिलाका जानकार डा.

कल्याणराज शर्मा प्रस्तावित हुनुहुन्छ। अमेरिकाका लागि सुरक्षाविज्ञ चिरनजङ्ग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जङ्गबहादुर राणाको नाम छ। जापानमा जिग्यानकुमार थापा, इजरायलमा सुरेशकुमार कर्ण, स्पेनमा प्राप्ति शेरचन र जर्मनीमा शरू जोशी सिफारिस हुनुभएको छ।

ओमानमा डा. पद्माक्षी राणा, मलेसियामा चूडामणि खरेल, दक्षिण कोरियामा प्राध्यापक डा. सङ्गम श्रेष्ठ, श्रीलङ्कामा डा.

मञ्चला झा र साउदी अरेबियामा गिरीबहादुर सुनारको नाम प्रस्तावित छ। फरक–फरक क्षेत्रमा विज्ञता, अनुसन्धान र नेतृत्वको अनुभव भएका व्यक्ति छानिएको परराष्ट्रमन्त्री शिशिर खनालले बताउनुभएको छ। परराष्ट्र मन्त्रालयले गत जेठमा खुला आवेदन आह्वान गर्दा करिब ४ हजार ४ सय आवेदन परेका थिए।

छानबिनपछि त्यो सङ्ख्या करिब २ हजार ७ सयमा झरेको थियो। उम्मेदवार छान्न कठिन हुँदा लम्बिएको प्रक्रियामा पहिलो चरणमा १३ देशको टुंगो लगाइएको हो। बाँकी देशका लागि प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल राष्ट्रसङ्घ महासभाबाट फर्केपछि मात्र सिफारिस हुनेछ।

अब प्रस्तावित नामहरू संसदीय सुनुवाइ समितिमा पठाइनेछन्। सुनुवाइबाट अनुमोदन भई सम्बन्धित देशको सहमति अर्थात् एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले नियुक्ति गर्नुहुनेछ।

स्रोत

सम्बन्धित समाचार