१२ असोज २०८३ English
English

कालीगण्डकीमा जलसतह घट्यो, कालीगण्डकी ‘ए’ बाट आजदेखि पुनः विद्युत् उत्पादन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कालीगण्डकीमा जलसतह घट्यो, कालीगण्डकी ‘ए’ बाट आजदेखि पुनः विद्युत् उत्पादन
तस्बिर: नेपाल प्रेस

स्याङ्जाको कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ।

चार दिनसम्म लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा बाढी आएपछि आयोजनाबाट विद्युत् उत्पादन रोकिएको थियो। अब नदीको जलसतह घटेसँगै आयोजनाले उत्पादन पुनः सुरु गर्ने तयारी गरेको हो।

गएको बुधबार रातिदेखिको झरी रोकिएसँगै नारायणी, कालीगण्डकीलगायतका नदीखोलामा बाढी कम हुन थालेको छ। कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग पनि ठाउँठाउँमा अवरुद्ध भएको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लगातारको वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार