९ असोज २०८३ English
English

बाढीले ऊर्जा क्षेत्रमा क्षति: ४१० मेगावाट प्रणालीबाहिर, पुनरुत्थानमा झन्डै ४ खर्ब

· १ मिनेट पढाइ
बाढीले ऊर्जा क्षेत्रमा क्षति: ४१० मेगावाट प्रणालीबाहिर, पुनरुत्थानमा झन्डै ४ खर्ब
तस्बिर: बिजमाण्डू

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीका कारण कुल ४१० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीभन्दा बाहिर रहेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बताउनुभएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले ऊर्जा क्षेत्रमा भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो। मन्त्रीका अनुसार नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रबाट सञ्चालित ११ वटा विद्युत् उत्पादन केन्द्र हाल बन्द छन्।

बाढीअघि सञ्चालनमा रहेका ७ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् भने ६ वटा निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–थ्री ए र रसुवागढीलगायतका आयोजना बाढीबाट बढी प्रभावित भएका छन्। रसुवा जिल्लाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले यी संरचनामा क्षति पुर्‍याएको हो।

समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान सरकारले गरेको छ। विपद्बाट प्रभावित ग्राहकलाई विद्युत् महसुल मिनाहा गर्ने व्यवस्था गरिएको छ।

यो समाचार भिडियोमा

बाढीले ऊर्जा क्षेत्रमा क्षति: ४१० मेगावाट प्रणालीबाहिर, पुनरुत्थानमा झन्डै ४ खर्ब

स्रोत

सम्बन्धित समाचार